11/29/2009

गुगल क्रुसलिङ्क

कुनै साईटको लोकप्रियता (एक्लैले) चाहेर मात्र सम्भव हुन्न । साईटलाई चर्चित बनाउने धेरैमा एउटा उपाया क्रस लिङ्क पनी हो । उदारणको लागी तपाईले कुनै साईट साईट खोलेकै दिन वा यसको दुई चार दिन गुगलमा आफै सर्च गर्नुस अन्तिम पेजमा पुग्दा पनि तपाई आफ्नो साईट भेट्नु हुन्न, कारण " क्रस लिङ्क " ।  क्रस लिङ्कको लागी कि तपाँई को साईट उपयोगी र ईम्प्रेसिभ हुनु पर्छ वा आफै आफ्ना मान्छेहरुलाई आफ्नो साईटको लिङ्क राख्न लगाउनु पर्छ । गुगल पेज र् याङ्कमा ईन्डेक्सिङ्ग हुनको लागी पहिलो सर्त भनेको क्रस लिकङ् नै हो । हेर्नुस त चुनिएका नेपाली तथा प्रमुख केही साईटहरुको क्रस लिङ्क ।

  1. दैनिकी (७५)
  2. नागरिक न्युज (७९)
  3. ई कान्तीपुर (६६६)
  4. न्युज अफ नेपाल (१७६)
  5. साईवर स‌सार (९२)
  6. यु डब्लु वी (५६४)
  7. गुगल (५४२०००)
  8. याहु (३८७०)
  9. समकालीन साहित्य (२४)
  10. साहित्य घर (३९)
  11.  ट्वीटर (२३४,०००)
  12. फेसबुक (१६३०००) 
  13. माई सन्सार (२०४)
यो लिष्ट 1:28 PM 11/28/2009 मा तयार गरिएको हो ।

    11/28/2009

    गुगल दाईको छलाङ्ग (Google Wave)

    गुगल दाईले छलाङ्ग मारेको हेर्न मैले के मात्र गरीन । गुगलदाई लाई गुहारे  ट्वीटरमा भिख मागे आफ्ना चिने जानेका र यसले चाँही गुगल वेभ चलाउछ होला भन्ने लागेका जती सवैलाई मेल गरे कसैले लछार पाटो लगाएनन । " खाने वालो का नाम दाने दाने पे लिखा होता है  " भन्छन नि आज गुगल दाईले आफै निमन्त्रणा पत्र पठाए मलाई ।


    अहिले म दङ्ग छु तर यसलाई चलाउन र छलाङ्ग मार्न सिक्नु छ । अनि अर्को कुरा म सँग चौध वटा ईन्भिटेसन वाँकी छ । म थुपारेर राख्ने मुडमा छैन तपाई पनि चलाउने मुडमा हुनु हुन्छ भने भन्नु होला पहिले अनुरोध गर्ने चौध जनालाई म निरास पार्दिन ।

    ह्याकरको नियन्त्रणमा पुगेका प्रमुख १० नेपाली वेव साईट




    1. Hacked by KHG & PimiNet - Bhaktapur Industrial District - Bhaktapur
    2. Occupational Safety and Health Project 
    3. The Official Website Of District Development Commette, Kailali 
    4. Community Owned Primary Education Programme 
    5. Chartered College of Management and Accounts Pvt. Ltd 
    6. Professional Educators Limited (Pro-Ed. Ltd.) 
    7. Web Developer Nepal 
    8. Web Designing :: Flash Animation :: Web Development :: Creative mind creative design !! -- www.rajeev.com.np - 
    9. Balaju Industrial District - BID - Balaju 
    10. Nepal Share Markets & Finance Ltd
    यो लिष्ट 10:18 AM 11/28/2009 मा तयार गरिएको हो । तपाईले यो पोष्ट हेर्दा सम्म साईट रिकभर भई सकेको पनि हुन सक्छ ।

    11/14/2009

    Drupal प्रयोग गरि बनाएका मिडीयाका वेव साईटहरु

    Drupal CMS प्रयोग गरी बनाएका मिडीयाका वेवासाईटहरु

    24heures
    From Edipresse (Lausanne, Switzerland)
    Al-Quds Daily Arabic-language newspaper (Palestine)
    Awan Daily Arabic-language newspaper (Kuwait)
    Al-Akhbar Daily Arabic-language newspaper (Beirut, Lebanon)
    CJOnline.com Capital-Journal newspaper (Topeka, KS, USA)
    Dagbladet Information (Copenhagen, Denmark).
    Die Welt (opinion site) (Berlin, Germany)
    Die Zeit (opinion site) (Hamburg, Germany)
    The Deccan Chronicle (Hyderabad, India)
    The Financial Chronicle (Delhi, India)
    Florida Times-Union | Jacksonville.com (Jacksonville, FL, USA)
    Herning Folkeblad (Herning, Denmark)
    Mediapart (Paris, France)
    Milenio Diario (Several cities across Mexico)
    New York Observer (New York, NY, USA)
    Otago Daily Times (Otago, New Zealand)
    Rue89 (France)

    11/10/2009

    आउटडेटेड व्राउजर र नयाँ वेव डिजाईनिङ्ग टुल्स

    वेव डिजाईन अव सवैको वस‌् को कुरा रहेन । केही अगाडी सम्म माईक्रोसफ‍ट फ्रन्ट पेजमा टेवल बनाउन जान्ने जो कोही वेव साईट बनाउन अगी सर्थे । तर अव नयाँ नयाँ व्राउजर नयाँ नयाँ वेव टुल्स टेक्निक्स र ट्रेण्ड को कारण यो झन जटिल र टेक्नीकल हुदै गई रहेको छ । अव टेवल बनाएर वेव साईट डिजाईन गर्ने कुरा एक किसीमले आउट डेटेड भै सक्यो । सर्भर साईड देखी क्लाईन्ट साईड सम्म सवैको फ्रेमवर्क आई सक्यो । अव वेव साईट डिजाईन, प्रोग्रामिङ्ग भन्दा पनि कम्पाईल गर्ने अवश्था आई सक्यो ।

    नयाँ कुराको विकास सँगै यसले जटिलता पनि उत्तिकै ल्याई रहको छ । पुराना र पपुलर व्राउजर नयाँ टुल्स सर्पोट गर्दैनन र सवै युजर एक चोटी अपडेट पनि हुन सक्दैन । यसले वेव डिजाईनरहरुको कपालको रौ झार्ने काम भै रहेको छ ।

    11/06/2009

    जिमेलको "ओपन सिक्रेट"


    तपाई नियमित ईमेल चलाउनु हुन्छ र कुनै पनि वेला वेव साईट हेर्दा हेर्दै कुनै पेजमा पुगेर ईमेल एड्रेस दिनु पर्ने अवश्थामा धेरै सोझो पल्टेर ईमेल ठेगाना दिने गर्नु भा छ भने तपाँईको ईनबक्समा तपाईले चाहदा नचाहदा पनि स्पाम मेल आउने गरेको हुनु पर्छ । तर यस्तो हुदाँ  यसलाई ब्यबश्थापन गर्न पट्टी नलागेर दिक्क मानेर त्यसै छोडि दिने गर्नु भा भए तपाँई कुनै दिन साच्चै ले लोट्टो परेको दिन पछुताउनु हुनेछ । जिमेल वाट शुरु भएको ईमेल क्रान्तीले स्पाम नियन्त्रणमा केहि न केहि कदम चालिनै रहेको छ तर पनि तपाईको नजिकै मान्छेको नाम र ठ्याक्कै त्यही ईमेल ठेगानावाट वाट म आपत मा परे मलाई पैसा पठा भनेर कुनै दिन ईमेल प्राप्त गर्नु भो भने मनै त हो साच्चै आपतमै पो परेको हो कि भनेर पैसा पठाउन पट्टि लाग्नु हुन्छ ।

    यो त भयो समस्याको कुरा !  अब हामी सामाधान पट्टी लागौ । अझ भनौ जिमेलको ‌ओपन सिक्रेट बारे जसको साहयताले तपाई आफ्नो ईमेलमा वाट रियल र स्पाम मेल छुट्याउन सक्नु हुन्छ ।

    मानि लिउँ तपाईले enepal.media@gmail.com ईमेल ठेगाना दर्ता गर्नु भएको भए तपाँईले नमागेको भए पनि देहायका ईमेल ठेगाना गुगले तपाईकै नाममा दर्ता भईसकेको हुन्छ ।

    11/03/2009

    कान्तिपुरको ई - पेपर

    कान्तीपुरको ई-पेपर हेर्नु भा भए त्यसो गर्न कती खर्च लाग्ला भनेर कहिले घोत्लिनु भा छ ? त्यसो त तपाँई हामी कोही पनि कुनै वेव साईट हेरेर यो बनाउदा कति खर्च भो होला भनेर घोत्लिदैनौ । तर पनि ई कान्तिपुरको ई-पेपर नेपालको न्युज पोर्टलहरुमा सवभन्दा युनिक छ ।  त्यसैले धेरैलाई आफ्नो पत्रिका यसरी नै होस्ट गर्न मन लाग्दो हो । किनभने यो छापा मा जस्तो छ त्यस्तै हुन्छ अनलाईनमा पनि !  त्यसैले मलाई चाँही यो रमाईलो लाग्छ । अझ राम्रो ईन्टरनेट स्पिड भएको ठाँउमा ई पेपर पढ्नुको मज्जा बेग्लै !!

    मलाई पनि एउटा क्लाईन्टले यस्तै बनाई दिन भनिरहेको थियो । ईन्टरनेटमा पढ्ने र सिक्ने धेरै कुरा छन त्यसैले ईपेपर कसरी बनाउने भनेर मैले धेरै दिमाग ख्याईन । ठाडै गुगल दाईलाई सोधे ईपेपर कसले बनाउछ ? सजिलै उत्तर था लाग्यो अनि उसैलाई सोधे ई-पेपर वेव साईट बनाएको कति लाग्छ ?